समाचार

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौं । सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस्तो निर्णयले लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार र अन्तर्राष्ट्रिय कानुनी दायित्वहरूमाथि प्रतिकूल असर पार्ने चेतावनी दिएको हो। आयोगका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्तामात्र नभई सम्पूर्ण...

विश्व बैंकका उपाध्यक्षद्वारा अर्थतन्त्रमा नेपालले गरेको राम्रो कामको प्रशंसा

रमेश फुल्लेल काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण सम्पन्न भएको छ । सो क्रममा जुटले नेपालले आर्थिक क्षेत्रमा गरेको सुधार र प्रगतिको खुलेर प्रसंशा गरेका छन् । यसैसाता नेपाल आएका उपाध्यक्ष जुटले नेपालले शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य,...

सरकारको सम्पर्कमा आयो ट्विटर (एक्स)

काठमाडौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) नेपाल सरकारको सम्पर्कमा आएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका अनुसार एक्सको सिंगापुरस्थित कार्यालयबाट मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको छ। उक्त पत्राचार मार्क नामका प्रतिनिधिबाट पठाइएको इमेलमार्फत आएको हो। इमेलमा नेपालमा सूचीकरण...

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन गोदावरीमा सुरु

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ। बिहानैदेखि महाधिवेशन स्थलमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरूको चहलपहल देखिएको छ। एमाले कार्यकर्ताहरूले साँस्कृतिक झाँकीसहित सहभागीहरूको स्वागत गरेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका...

सुनको मूल्यमा नयाँ रेकर्ड, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो । शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो...

मनाङ–२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं । हिमाली जिल्ला मनाङमा पनि कात्तिक १७ गते नै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । मनाङमा राजिव गुरुङ...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा,...

‘ए’ डिभिजन लिग संचालनका लागि एन्फाको छलफल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग संचालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरोकारवालसँग छलफल गरेको छ । २०८२ पुस ९ गतेबाट सुरु गर्न लागिएको सो लिगलाई व्यवस्थित बनाउन प्रस्तावित खेल मैदान रहेको जिल्लाका अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यबीच एन्फाले छलफल गरेको हो । ए डिभिजन लिगलाई...

बागमतीमा १० लाख बजेटमाथिका योजना ठेक्काबाट गर्ने प्रदेश सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले १० लाख वा १० सो भन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लैजाने भएको छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । सकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने मन्त्रिपरिषदबाट...

सामाजिक सञ्जाल बन्द भएपनि टिककट र भाइबरसहित ५ एप सञ्चालनमा रहने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया पूरा नभएका एपहरू क्रमिक रूपमा बन्द गरिनेछन् र सूचीकरण प्रक्रिया पूरा भएपछि मात्र पुनः सक्रिय गरिनेछ। तर, नेपालमा पहिले नै सूचीकरण भइसकेका पाँचवटा सामाजिक सञ्जाल—भाइबर, टिकटक, विटक, निम्बज...