विपद् परिषद्को निर्णय: बाढीपहिरो पीडितका लागि तत्काल बसोबासको व्यवस्था
काठमाडौं । हालै असोज १७ देखि १९ गतेसम्म परेको भीषण बाढीपहिरोबाट घरबास गुमाएका परिवारहरूका लागि सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकका अनुसार घर गुमाएका प्रत्येक परिवारलाई विपद् प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल उपलब्ध गराइनेछ भने बाँकी २५ हजार रुपैयाँ मापदण्ड अनुसार एक लेबलको घरको संरचना बनेपछि वितरण गरिनेछ ।
परिषद्ले स्थानीय तहहरूलाई लाभग्राहीको पहिचान गरी यथाशीघ्र पठाउन निर्देशन दिएको छ, यसरी पीडित परिवारहरूले अस्थायी आवास निर्माणको कार्य सुरु गर्न सजीलो हुनेछ ।





