भैरहवामा अलपत्र यात्रुहरूलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै
काठमाडौं । दुई दिनदेखि अविरल वर्षाका कारण भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले सरकारको विशेष निर्देशनबमोजिम उद्धार उडान सञ्चालन गर्न लागेको जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकका अनुसार उद्धार उडान आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको छ । उक्त उडानका लागि काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने वायुसेवा निगमले जनाएको छ । टिकट काट्ने प्रणालीमा समस्या देखिएपछि प्रशासनले यात्रुहरूको नाम संकलन गरी सोही आधारमा पठाउने तयारी गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बताएका छन ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत उद्धार कार्य अघि बढाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले जानकारी दिएका छन् ।
