दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत घुस सहित रंगेहात पक्राउ

तु खबर संवाददाता
२०८२ आश्विन ३, शुक्रबार १२:४८

काठमाडौं । दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकाका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित रंगेहात पक्राउ परेका छन्।

उनले गापाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा घुस मागेको सूचना अख्तियारमा पुगेको थियो।

यसै सूचनाको आधारमा खटिएको टंगाल र सुर्खेतको अख्तियारको संयुक्त टोलीले लेखा अधिकृत कार्कीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस रकम सहित रंगेहात पक्राउ गरेको हो।

उनलाई सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित मंगलगढी चोकबाट असोज २ गते अख्तियारले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।