आज संविधान दिवश, देशैभरि कार्यक्रम आयोजना गरिँदै
काठमाडौँ । आज संविधान तथा राष्ट्रिय दिवश । नेपालको राजधानी काठमाडौंसमेत देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अहिले केहीबेरपछि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गरी संविधान दिवश मनाइँदैछ ।
सो समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने समेत तय भएको छ । अघिल्ला वर्षमा झैँ झाँकीलगायतका सांस्कृतिक कार्यक्रमहरु भने हुने छैन ।
संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते घोषणा भएको थियो । दोस्रो पटक भएको संविधानसभाको निर्वाचनपछि नेपालमा नयाँ संविधान जारी भएको उत्सवमा संविधान दिवश मनाउने गरिएको छ । देशै भरि सबै प्रदेशहरुले पनि संविधान दिवश मनाउन मुल समारोह समिति गठन गरेर तयारी गरेका छन् ।
