समाचार
वातावरण दिवसको अवसरमा खुल्ला कविता प्रतियोगिता
मकवानपुर । हेटौंडामा पर्यावरण सम्बन्धी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । विश्व वातावरण दिवस– २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित साताव्यापी कार्यक्रम अन्तरगत बुधबार उक्त प्रतियोगिता सम्पन्न भएको हो । सर्जक सञ्जाल मकवानपुरको संयोजन तथा व्यवस्थापन संचालित प्रतियोगितामा ३३ जना कविहरूले कविता...
‘सामन्ती कुप्रथाको अन्त्यका निम्ति सामाजिक अभियान जरुरी छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामन्ती कुप्रथाको अन्त्यका निम्ति ठूलो सामाजिक अभियान जरुरी रहेको बताएका छन् । दलित महिला संघले सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा बुधबार हेटौंडामा आयोजना गरेको न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले जातको...
कैलाशमा चेली प्रोत्साहन कार्यक्रम कार्यान्वयन, ६ जना सम्मानित
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले कम्तिमा १२ कक्षा पास गरी २० वर्ष वा सो भन्दा माथि उमेर पुगि विवाह गर्ने ६ जना चेलीलाई सम्मानसहित प्रोत्साहन स्वरुप २० हजार रुपैयाँ प्रदान गरेको छ । गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार ६ जना चेलीलाई सम्मानसहित उक्त रकम प्रदान गरेको हो ।...
बागमती प्रदेशको जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६
मकवानपुर । बागमती प्रदेशको जनसंख्या ६१ लाख १६ हजारभन्दा बढी पुगेको छ । प्रदेशको राष्ट्रिय तथ्याङ्क कार्यलय अनुसार, प्रदेशमा जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ पुगेको हो । प्रदेशमा पुरुषको संख्या ३० लाख ४८ हजार ६ सय ८४ र महिलाको संख्या ३० लाख ६८ हजार १ सय...
सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ । राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक...
ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । अखिल फुटबल संघ (एन्फा) का अनुसार आजका तीन खेलमध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ । च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ...
बागमती प्रदेश सभा : आज पनि नीति तथा कार्यक्रममाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान १०ः३० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष दलका २० जना सांसदहरुले...
बागमती प्रदेश सभाको बैठक : नीति तथा कार्यक्रममाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो सुझावहरु दिएका थिए । बैठकमा सरकारको नीति तथा कार्यक्रममा सर्पको टोकाईबाट घाइते भएका बिरामीहरुलाई उपचार गर्नका लागि आगामी...
वातावरण दिवसको अवसरमा विविध कार्यक्रम
मकवानपुर । ५१ औं विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडामा सार्वजनिक सवारी साधनमा वातावरण सन्देश मुलक स्टिकर टाँस्ने, डस्विन वितरण र बृहत रक्तदान कार्यक्रम गरिएको छ । दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन उक्त कार्यक्रम गरेको हो ।...










