आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओ खुल्ला

तु खबर संवाददाता
२०८० जेष्ठ २६,शुक्रबार १५:४८
file-photo

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो ।

एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेको कम्पनीले छिटोमा जेष्ठ ३० गतेसम्म र ढिलामा असार ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।