दुई साताका लागि स्थगित भयो राष्ट्रिय सभाको बैठक

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १६:३६
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

बैठक आगामी असार १० गते दिउँसो १ बजेर १ मिनेमा बस्नेछ । शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ ।