समाचार
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
काठमाडौं । सन् २०२३ को पाँच महिनाको अवधिमा चार लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि मे महिनासम्म सो संख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार ७ सय ३० पर्यटक नेपाल आएका छन्...
अवैध लागूऔषधसहित राई पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्वर ८, शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ३ सय ७० मिलिग्रामसहित प्रहरीले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धरान उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय सूर्य कुमार राईसहित दुई जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश...
देशभर कोरोना संक्रमितको सक्रिय संख्या २२ जना पुग्यो
काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सक्रिय संख्या २२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२ जना पुगेको हो । पछिल्लो २४ घन्टामा देशभरबाट ७४० नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
मकवानपुरमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य स्थगन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिस्टममा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्य स्थगन गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सर्भरमा प्राविधिक समस्या आई राष्ट्रिय परिचयपत्र दर्ता नम्बर (एनआईएन) उपलब्ध हुन नआएको हुँदा दर्ता प्रक्रिया हाललाई स्थगित गरिएको जनाएको छ...
बिहीबार शेयर बजारमा छायो हरियाली
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणपछि लगातार गिरावट आएको नेप्से सूचक आज १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर...
चक्कु प्रहारबाट २ जनाको हत्या
बुटवल । कपिलवस्तुमा एक युवकले बिहीबार बिहान चक्कु प्रहार गरी दुई जनाको हत्या गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ वर्षका मोहन थारुले चक्कु प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चक्कु प्रहारबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका...
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट पेश
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दिएका हुन् । उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए । रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम...
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । यसमध्ये...
रावा इनर्जीको आइपीओ खुल्ला
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई...
हेटौंडाका १८ महिने बालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ जाँते बस्ने १८ महिने बालक जेनिस वाईबाको मृत्यु भएको छ । जेनिसको प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवनबाट आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार,...










