मकवानपुरका युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०८० जेष्ठ २७, शनिबार ०९:३४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार हेटौंडाबाट एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, शिखरपानीबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१५, शिखरपानी बस्ने बिजय कुमार मोक्तानको घरमा डेरा गरी बस्ने मनहरी गाउँपालिका–७ घर भई हाल सर्लाहीको बागमती गाउँपालिका–४, जिरायत बस्ने अन्दाजी १८ वर्षीय टंकबहादुर स्याङ्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

स्याङ्तानलाई विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरको प्रहरी सहायक निरीक्षक विशाल लामाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक प्रकाश घिमिरेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले स्याङ्तानको साथ लागूऔषध स्पेन १३९० ट्याब्लेट, एनार्गन ट्वान्टीपाइभ (२५) १५०० ट्याब्लेट, ट्रामोल पाँच सय (५००) ८८० ट्याब्लेट, कोफ्टएबी–डी ६५० ट्याब्लेट, अनारगन ट्वान्टीपाइभ (२५) १३५० ट्याब्लेट र गाँजा ८ किलो बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।