मकवानपुरका चार वटा स्वास्थ्य चौकी उत्कृष्ट
मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरले स्वास्थ्य कार्यालय मकवानपुरले मुल्यांकन गर्ने न्यूनतम सेवा मापदण्डको आधारमा जिल्लाको चार वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका छन् ।
जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा चार वटा स्वास्थ्य चौकी उत्कृष्ट बन्न सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उत्कृष्ट स्वास्थ्य चौकी हुनेमा हेटौंडा उपमहानगरपालिकाको चौघणा स्वास्थ्य चौकी, थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी, टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी रहेका छन् ।
चार वटै स्थास्थ्य चौकीहरुलाई शुक्रबार हेटौंडामा सम्पन्न न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
