काठमाडौंबाट पक्राउ परे मकवानपुरका युवक
मकवानपुर । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभञ्ज्याङबाट लागूऔषधसहित प्रहरीले शुक्रबार बिहान मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीय सबिन थापा मगर रहेका छन् । उनलाई लागुऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मगरलाई प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान मकवानपुरदेखि काठमाडौंतर्फ जाँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनको साथबाट प्रहरीले सो परिणामको लागूऔषध बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
