शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १६:०५

काठमाडौ । आज सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको भाउ समेत प्रतितोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको भाउ भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।