समाचार
हेटौंडामा प्रदेश युवा सम्मेलन २०८० हुने
मकवानपुर । हेटौंडामा ‘बागमती प्रदेश युवा सम्मेलन २०८०’ हुने भएको छ । बागमती प्रदेश युवा परिषद्ले आगामी असार ११ र १२ गते उक्त सम्मेलनको आयोजना गर्ने भएको हो । प्रदेश युवा परिषद्ले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सो क्रममा सामाजिक विकास मन्त्री...
तीर्थयात्री चढेको गाडी दुर्घटना, ८ जना गम्भीर घाइते
प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा हुँदा ८ जना घाइते भएका छन् । लु १ च ६३४५ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–४, उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गाडीमा लमही–५ का २ महिला,...
मनहरीमा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । मनहरी गाउँपालिका वडा नम्वर ३ को कार्यालयले एक सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने र झन्झट व्यहोर्नु परेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको जानकारी...
बाख्रापालक महासंघद्वारा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले पशुपंक्षी तथा बाली बीमाको प्रिमियम शुल्क बीमा कम्पनीहरुलाई भुक्तानी नदिएको र बीमा कम्पनीहरुले बीमा गर्न र दावी भुक्तानी दिन बन्द गरेको विरुद्धमा महासंघले विरोध प्रदर्शनसँगै ज्ञापनपत्र बुझाएको हो । महासंघ...
विदेशमा रहेका नेपालीको पनि मतदाता नामावली संकलन गर्ने
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ महिनादेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी गराएका हुन् । त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत...
अप्राकृतिक मैथुन कसुरमा एक युवकलाई १२ वर्षको जेल सजाय
गलकोट । जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ परेका बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद भुक्तान गर्न आदेश दिएको छ । ८ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको पुष्टि गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही जेष्ठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान...
लागूऔषध चरेशसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज बिहान अवैध लागूऔषध चरेशसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ६ किलोभन्दा बढी चरशससहित एक जना जर्मन नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका छन् । उनलाई टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै...
हेटौंडाका चौलागाईँ मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, संगमचोकमा सोमबार बिहान एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा हेटौंडा–६, चौघडा बस्ने अन्दाजी ५५ वर्षीय गोपी चौलागाईँ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, बिहान संगमचोकस्थित भत्केको पुरानो घरको पेटीमा सुतेको ठाउँमा मृत...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने घट्न पुगेको छ । आज शेयर बजारमा जम्मा २ अर्ब ८८...









