प्रतिनिधि सभा बैठक आज पनि बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने गरी बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।
