कानून मन्त्री सवार गाडी दुर्घटना, ४ जना गम्भीर घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी गम्भीर घाइते रहेका छन् ।
यस्तै, दुर्घटनामा परेर घाइते भएका गाडी चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
