समाचार

मकवानपुरमा सिमेन्ट बोकेको ट्रकमा आगलागी

मकवानपुर । धरान–चतारा सडकखण्ड अन्र्तगत पर्ने मकवानपुर बकैया गाउँपालिका वडा नम्वर ५, तिनतल्लेमा गएराति गुडिरहेको ट्रकमा आगलागी भएको छ । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको ना. ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड ट्रकमा अचानक ईन्जिनमा समस्या आई सडकको नालीमा कोल्टे पर्न गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...

शरणार्थी प्रकरण : बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै

काठमाडौं । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्ने भएका छन् । अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व महान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्व र वर्तमान अध्यक्षसहित २५ जनाले...

हेटौंडामा स्पाइनल इन्जरी भएका व्यक्तिहरुलाई दुई दिने कार्यक्रम

मकवानपुर । हेटौंडामा स्पाइनल इन्जरी भएका व्यक्तिहरुका लागि क्षमता विकास तथा अधिकारसम्बन्धी दुई दिने कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश समाजिक विकास मन्त्रालयको आर्थिक सहयोग एवम् ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा भएको हो । संस्थाको सभाहल हेटौंडा–५ मा आइतबारबाट सुरु भएको हो । कार्यक्रम ग्रामीण महिला...

प्रचण्ड र बाबुरामविरुद्धको रिटको सुनुवाइ आज हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध परेको मुद्दाको सुनुवाई आज हुने भएको छ । माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका हुन्...

मकवानपुरमा छहराबाट खसेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ३ स्थित सोमबार छहराबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार, हाल कोशी तथा बागमती प्रदेशको केही...

हेटौंडामा सवारी दुर्घटना हुँदा चार जना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित कर्नावती मार्गमा गएराति सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गएराति ९ः५५ बजेको समयमा क्याम्पाडांडाबाट मिलन चोकतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प ९२९४ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना २५ प २७६५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना...

आगामी निर्वाचनमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन : गगन थापा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टीसँग सम्झौता नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा २ (ख) को आयोजनामा सोमबार हेटौंडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने...

प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक पेस

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा दुई वटा विधेयक पेस भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् । सांसद प्रेम सुवालले...

प्युठान गाडी दुर्घटना अपडेट : ८ जनाकै मृत्यु

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका –४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी...