समाचार
नेपाल महिला संघमा मकवानपुरकी मगरसहित ५२ सदस्य थपियो
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा ५२ सदस्य थपिएका छन् । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् । मनोनयन हुने सदस्यहरुमा डा. अमिता प्रधान (काठमाडौं), अमृता थापा...
मकवानपुरको समस्यालाई लिएर प्रधानमन्त्री प्रचण्डसँग भेट
मकवानपुर । मकवानपुरको मनहरीमा राष्ट्रिय निकुन्ज र मध्यवर्ति क्षेत्रमा रहेका वासिन्दाहरुले वर्षाैदेखि भोग्नु परेको समस्या समाधानका लागि यहाँका स्थानीय र नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन् । मंगलबार मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंहलगायत मनहरीका स्थानीय वासिन्दाहरु...
आज यी प्रदेशमा वर्षाको सम्भावना, गर्मी कायमै रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही...
कर्मचारी सरुवा व्यवस्थापन प्रभावकारी बनाइँदै
काठमाडौं । सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित...
आज विश्व रक्तदाता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस वर्ष ‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै...
उमेर हद निलम्बनको प्रतिरक्षामा एमाले नेतृत्व
काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद निलम्बन गरेसँगै पार्टीभित्र असन्तुष्टि बढेपछि नेताहरू प्रतिरक्षामा जुटेका छन् । यही जेष्ठ १९ गते बसेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको हो । उमेर हदको व्यवस्था निलम्बनप्रति नेता/कार्यकर्ताले असन्तुष्टि प्रकट गरेपछि अध्यक्ष केपी शर्मा ओलीदेखि...
हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम पर्यटन, उद्योग तथा सहकारी बागमती प्रदेश सहकारी विकास बोर्ड हेटौंडाको आयोजनामा सुरु भएको हो । बुधबारसम्म संचालन हुने उक्त अन्तरक्रिया कार्यक्रमको प्रदेशका पर्यटन उद्योग तथा सहकारी...
बालकृष्णको तर्फबाट १० वकिलको बहस सकियो, बाँकीको भोलि
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार बालकृष्ण खाँणको तर्फबाट १० जना वकिलको बहस सकिएको छ । खाँणको तर्फबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् । खाणको तर्फबाट पंकज कुमार कर्ण, शेरबहादुर केसी, प्रेम बहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल,...
नागरिकता माग्दै एक युवकले गरे आत्मदाहको प्रयास
काठमाडौं । माइतीघर मण्डलामा नागरिकता माग गर्दै मंगलबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि नागरिकताविहीन...
प्रचण्ड र बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च...










