रास्वपाको चियापानमा दलका नेतालाई आमन्त्रण

तु खबर संवाददाता
२०८० असार ६, बुधबार १८:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा असार ७ मा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ ।

रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । बुर्लाकोटीका अनुसार कर्मचारीहरुलाई भने निमन्त्रणा गरिएको छैन । कार्यक्रम बिहीबार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।