समाचार

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन दिन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई यही असार १२ गतेभित्र आवेदन दिन भनेको हो । आवेदन दिने संस्था...

मन्त्री सिंहको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पास

काठमाडौं । प्रतिनिधि सभाले नयाँ अभ्यास सुरुवात गरेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने अभ्यास सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो । बुधबार बसेको संसदको पहिलो...

इराकमाथि लगाइएको प्रतिबन्ध हटाउने आशामा इराकवासी नेपाली

कुर्दिस्तान । १६ भाद्र २०६१ को कालो दिनलाई नेपालीले कहिले भुल्दैन । जुन दिन जोर्डनबाट इराक पुर्याइएका १२ नेपालीको बीभत्स हत्या भयो । त्यो घटनादेखि इराकलाई नेपालीको लागि सरकारले प्रतिवन्धको सुचीमा राख्यो । जुन अझै खुलेको छैन । सरकारले इराकलाई प्रतिबन्ध लगाएपनि इराकको स्वसासित राज्य कुर्दिस्थानमा भने ३० हजार नेपाली...

मकवानपुरका स्याङतानसहित दुई जना प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका–६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका–७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरुलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ८०० ग्राम लागूऔषध गाँजासहित...

मकवानपुरका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समूहले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । स्थानीय जनजागरण युवा क्लबको समन्वयमा कक्षा १ देखि ५ सम्मका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री, स्कुल ब्याग हस्तान्तरण गरिएको...

जापान पठाइदिन्छु भन्दै ठग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

नुवाकोट । एक महिलालाई जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेर फरार रहेको अभियोगमा प्रहरीले नुवाकोटका निवर्तमान वडा अध्यक्षलाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका निवर्तमान वडाध्यक्ष ५५ वर्षीय सुनबहादुर तामाङ पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट...

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ । चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समेत १३० जना यात्रु रहने छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १...

सुदूरपश्चिम प्रदेशमा आज शोक विदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक विदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक विदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह...

साफ च्याम्पियनसिपमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतमा सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण आजबाट हुन लागेको हो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आयोजना हुने साफ च्याम्पियनसिपमा ८ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा यसपटक नेपालसहित आयोजक...

सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ...