मकवानपुरका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समूहले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । स्थानीय जनजागरण युवा क्लबको समन्वयमा कक्षा १ देखि ५ सम्मका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री, स्कुल ब्याग हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, जनजागरण क्लबका अध्यक्ष बालमुकुन्द ढकालले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका पूर्बध्यक्ष मानबहादुर विष्टका परिवारले कोरियाबाट शैक्षिक सामग्री सहयोग उपलब्ध गराएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक रामचन्द्र तिमल्सिना, कलावती गौतम, क्लबका उज्ज्वल विष्ट लगायतका सहभागिता रहेको थियो ।
