मन्त्री सिंहको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पास

तु खबर संवाददाता
२०८० असार ६, बुधबार १५:३९
file-photo

काठमाडौं । प्रतिनिधि सभाले नयाँ अभ्यास सुरुवात गरेको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्ने अभ्यास सुरु गरेको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ । शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भयो ।