सीमा मिचेको विरोधमा हस्ताक्षर संकलन

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १७:०७

मकवानपुर । भारतले सीमा मिचेको विरोध गर्दै मंगलबार बिहान हेटौंडामा हस्ताक्षर संकलन कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम मकवानपुर युवा संगठनको नेतृत्वमा भएको कार्यक्रम हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको हो ।

भारतले नेपालको सीमा मिचेको विरोधमा सबैको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई बुझाइने मकवानपुर युवा संगठन जिल्ला अध्यक्ष सुनिल सिन्तानले जानकारी दिए ।

एमसीसी सम्झौता खारेज गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतले साँस्कृतिक नक्सा प्रकाशन गरेको विषयमा पनि संगठनले विरोध जनाएको छ ।