मंगलबार २६.५६ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १७:४७

काठमाडौं । आज शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से आज २६.५६ अंकले घटेर २९८४ को विन्दुमा कायम भएको छ ।

आज २६८ सूचीकृत कम्पनीको १ करोड ७ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कम्पनीको शेयरमा खरिदबिक्रिको चाप बढ्दा २० करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।