प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

तु खबर संवाददाता
२०८० असार ६, बुधबार ०८:१०
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने भएको हो ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।