बझाङ गाडी दुर्घटना अपडेट : मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार १७:१८

धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए ।

घाइतेमध्ये मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको र मृतक दुबै जनाको शव शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते भएका कानून मन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई भने उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको छ ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको थियो ।