समाचार
फर्निचर व्यवसायी संघ मकवानपुरको साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडामा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभा संघको अध्यक्ष कृष्णा अर्यालको सभाध्यक्षता तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारण सभामा सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक...
जसपाले अन्तर्घातीलाई कारबाही गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । कार्यकारिणी समितिको शनिबार बसेको बैठकले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने भएको राष्ट्रिय सभाका सदस्य एवम् जसपाका कार्यकारिणी...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, उदयपुर, सुर्खेत, झापा र धनकुटा गरी पाँच छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको कैलारी गाउँपालिका–७ बसन्ताबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका–७ बस्ने ५४...
डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो
काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । सर्वसाधारणले बैशाख मसान्तसम्म ५६ लाख ६५ हजार ४ सय ८६ डिम्याट खाता संचालन गरी कारोबार गरिरहेको धितोपत्र बोर्डले जनाएको छ । धितो बोर्डका अनुसार, बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको...
लागूऔषध कारोबारमा संलग्न गिरोहीमाथि प्रहरीले चलायो गोली
काठमाडौं । काठमाडौंमा लागूऔषध ओसारपसारमा संलग्न गिरोहीमाथि प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसारपसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर भगत घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ...
ट्रेजरीमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । राष्ट्र बैंकका अनुसार, मंगलबार अर्थात् जेष्ठ ३० गते निष्कासन हुने २८...
४० अंकले बढ्यो शेयर बजार, साढे ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको बढोत्तरी भएको छ । गत साता घटबढको उतारचढाव देखिएको नेप्से परिसूचक आज ४० अंकले बढेर १९८० को विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच हुँदा...
ढुंगा प्रहार गरी पुरुषको हत्या, २ जना पक्राउ
बुटवल । कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ । पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गा प्रहार गरी हत्या गरेको अवस्थामा एक जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेमा अन्दाजी ३६ वर्षीय पुरुष रहेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ...
अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ सोमबार दिने
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा प्रतिनिधि सभाका सांसदहरुले बोल्ने समयसीमा सकिएको छ । गत जेष्ठ २१ गतेबाट सुरु भएको बजेटमाथिको सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो । बजेटमाथि बोल्ने क्रममा सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने सभामुख...
राप्रपाका सांसदले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । सांसद शाहीले प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको...










