समाचार

हेटौंडाको जनप्रिय माविलाई खानेपानी फिल्टर हस्तान्तरण

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ स्थित जनप्रिय माध्यमिक विद्यालयलाई ६ वटा खानेपानी फिल्टर हस्तान्तरण गरिएको छ । विद्यालयलाई एसएलसी ब्याच २०६८ को विद्यार्थी समूहले  आज एक कार्यक्रमबीच उक्त फिल्टर हस्तान्तरण गरेको हो । कार्यक्रममा  पूर्व विद्यार्थी सन्जुला ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले...

भारतमा सडक दुर्घटना, ४ नेपालीको मृत्यु

दोधारा चाँदनी । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परेर चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया...

जीप दुर्घटनामा परेर श्रेष्ठको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत...

साहित्य संगम मकवानपुरद्वारा तीन श्रष्टा सम्मानित

मकवानपुर । साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालको जन्मजयन्तीको अवसरमा तीन जना श्रष्टालाई सम्मान गरेको छ । संगमले गोपालप्रसाद रिलाम स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाल, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपाने र शान्तिदेवी वनस्खण्डी स्मृति सम्मानबाट तुलसी घिमिरेलाई सम्मान गरेको हो । ढकाललाई २० हजार रुपैयाँ, न्यौपानेलाई १५ हजार ५...

आज यी प्रदेशहरूमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य भू–भागमा...

हेटौंडामा अटो तथा मयुरी चालकका लागि अनुशिक्षण कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अटो तथा मयुरी चालकहरुका लागि अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम भएको हो । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न मकवानपुरमा रहेको अटो, मयुरी, सुमो, म्याजिक चालकहरुलाई ट्रफिक...

मकवानपुरे हास्यव्यङ्यकार आरसी रिजाल सम्मानित

मकवानपुर । मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । रिजाल डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट सम्मानित भएका हुन् । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार आयोजना गरेको स्मृति ग्रन्ध लोकार्पण, सम्मान तथा रचना वाचन कार्यक्रममा रिजाललाई नगद २५ हजार १ रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरेको हो । यसैबीच...

तेस्रो मेयर कप फुटबलको उपाधि हेटौंडा ११ लाई

मकवानपुर । तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नं.११ ले हात पारेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हेटौंडा–११ ले उपाधि हात पारेको हो । हेटौंडा–११ ले हेटौंडा–१५ लाई ४–३ गोल अन्तरले पराजित...

नदीमा डुबेर २ जना बेपत्ता

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । बेपत्ता हुनेहरुमा गैंडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५...

बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाईं...