सिडिओ सवार गाडी दुर्घटनामा

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १०:३५

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सवार गाडी आइतबार बिहान दुर्घटना भएको छ ।

धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटना भएको हो ।

प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए ।

प्रजिअ कट्टेल अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।