थ्रीस्टारको आईपीओ खुल्यो

तु खबर संवाददाता
२०८० असार ५,मंगलवार १५:५३
file-photo

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ६लाख १३ हजार १६२ कित्ता सेयर बिक्री खुलाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत अर्थात १२ लाख ३१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको थियो । हाइड्रोपावरको जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ । जारी पुँजीको २५ प्रतिशतमध्येको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री भइसकेको छ ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १५ प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री सम्पन्न भइसकेको छ ।
यसैगरी, कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर बिक्री गरेर बाँकी बसेको ६लाख १३ हार १६२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।