समाचार
कांग्रेस केन्द्रीय समिति बैठकको माग गर्दै पत्र दर्ता
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गरिएको छ । केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समितिको माग गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गराएका छन् । विधानतः दुई महिनामा एक पटक केन्द्रीय समितिको बैठक बस्नुपर्छ । अघिल्लो वर्षको असार २७–साउन २ को बैठक बसेको...
लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान लागूऔषध १४ किलोसहितसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कस्थित वीरगंज जाने काउण्टर नजिकैबाट उक्त परिमाणाको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार...
मकवानपुरको कुन स्थानीय तहले कति बजेट ल्यायो ?
मकवानपुर । मकवानपुरको ७ स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । जिल्लाको १० स्थानीय तहमध्ये ७ पालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि बजेट ल्याएको हो । जिल्लाको बागमती गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । बागमतीले असार १५ गते भित्र बजेट ल्याउने बताइएको...
भुटानी शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जनालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मण्डिखाटारबाट पक्राउ गरेको हो...
आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
विराटनगर । नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले सोमबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट उनले वंशजको आधारमा नागरिकता पाएका हुन् । निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे । नागरिकता हस्तान्तरण...
हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रथम प्रदेश युवा सम्मेलन २०८० सुरु भएको छ । सम्मेलन बागमती प्रदेश युवा परिषद्को आयोजनामा सुरु भएको हो । सम्मेलनको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेका हुन् । सो क्रममा उनले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको...
हेटौंडाका घिमिरे पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले आइतबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध लुप्रिन–१०, डाईजोपाम–१०, सुनारगन–१० नामक ३० एम्पुलसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का १९ वर्षीय सागर घिमिरे रहेको बागमती प्रदेश...
नेप्से ११ अंकले बढ्यो
काठमाडौं । आज साता शेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ को विन्दुमा कायम भएको छ । २२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ५ उपसूचक...
न्यायाधीश श्रीकृष्ण भट्टराईले दिए राजीनामा
काठमाडौं । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका न्यायाधीश भट्टराईले नैतिक संकट परेको भन्दै सोमबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । भट्टराईले प्रधानन्यायाधीश पदका लागि हरिकृष्ण कार्की योग्य नभएको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा २६...
सर्पले डसेर एक युवकको मृत्यु
झापा । झापाको हल्दिबारीमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका–२, पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए । सोही क्रममा...










