समाचार

नेपाल आउने बुद्धिष्टहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न सांसद ढकालको माग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न मागसमेत गरेका छन् । उनले भने, ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको...

मन्त्री श्रेष्ठद्वारा कैदीकन्दीलाई खाना पकाउन राइस स्टिमर हस्तान्तरण

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन् । मन्त्री श्रेष्ठले आइतबार एक कार्यक्रमबीच जिल्ला कारागार, सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेका हुन् । कारागारमा रहेका १ हजार कैदीबनदीलाई दाउरा बालेर खाना...

हेटौंडामा सचेतना एवम् सदस्यता वितरण तथा सम्मान कार्यक्रम

मकवानपुर । हेटौंडामा साईबर अपराध, लागूऔषधसम्बन्धी सचेतना एवम् सदस्यता वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामूदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा हेटौंडा–९, स्थित प्रगती माविको हलमा भएको हो । कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख...

समाजवादी मोर्चाको घोषणा भोलि हुने

काठमाडौं ।  माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी...

बागमतीमा एकैदिन ३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशको छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रामेछाप र दोलखा जिल्लामा एकैदिन तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–९, केन्द्रीय बसपार्क काउण्टर नजिक एक पुरुषको शव फेला परेको छ । उक्त शव भारतको मोतिहारीका...

अख्तियारमा २२ हजार उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको छ । आयोगमा आर्थिक वर्ष २०७९/०८० को बैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको आयोगका सचिव रामेश्वर दंगालले जानकारी दिए । सचिव दंगालले उक्त तथ्याङ्क राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा...

नेप्से ५२.२६ अंकले बढ्यो, साढे ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से ५२.२६ अंकले बढ्दा २०९४.३३ को विन्दुमा कायम भएको छ । यस्तै, २८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेमा...

हेटौंडाबाट डेढ करोडको कपडासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोपाटे चेकपोष्टबाट शनिबार डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ बर्षका रन्जौद सिंह र विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ बर्षका सुधिर...

सिडिओ सवार गाडी दुर्घटनामा

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सवार गाडी आइतबार बिहान दुर्घटना भएको छ । धनगढीबाट नेपालगन्ज जाने क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबइमा दुर्घटना भएको हो । प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो । दुर्घटनामा आफू...

हँसिया प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

स्याङजा । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) रहेका छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । सुजनले हँसिया प्रहार...