कानून कार्यान्वयनको अवस्थाबारे स्थानीय तहसँग अन्तरक्रिया
मकवानपुर । बागमतीे प्रदेशको कानुन कार्यान्वयको अवस्था बारे विभिन्न जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सभा सचिवालयको आयोजनामा विभिन्न जिल्लाका स्थानीय तहहरुमा पुगेर बागमतीे प्रदेशबाट पारितभएका कानुनहरुको कार्यान्वयको अवस्था बारे अन्तरक्रिया कार्यक्रम भएको हो ।
बागमती प्रदेश अन्तर्गतका जिल्लाहरु नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीका विभिन्न स्थानीयतहहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा सम्पन्न भएको हो ।
