संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै

तु खबर संवाददाता
२०८० असार १२, मंगलवार ०८:३४

काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव आज नेपाल आउँदै छन् । राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।

उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ ।

यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।