समाचार

मकवानपुरमा एक युवती मृत फेला

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्वर ११ स्थ्ति, घट्टेपाखामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । स्थानीय अन्दाजी २२ वर्षीया अनिता वाईबा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ । प्रहरीका अनुसार, वाईबा घरको भर्याङमा नाम्लोको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ...

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर...

पब्जी गेम बन्द गर्न सांसदको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न माग गरेका हुन् । सांसद चौधरीले भने, ‘यो पब्जी गेम तुरुन्त बन्द...

प्रधानमन्त्रीद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन् । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ । साथै अवलोकन गर्नेमा उपप्रधान...

ताप्लेजुङ पहिरो अपडेट : बेपत्ता भएका एक जनाको शव फेला

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय केशरबहादुर राईको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ । प्रहरीका अनुसार, पहिरोमा...

राक्सिराङको चेपाङ बस्तीमा कुपोषणको जोखिम

मकवानपुर । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा कुपोषणको समस्या जटिल बन्न थालेको छ । पछल्ला समयमा कुपोषणको समस्या बढ्दै जाँदा स्थानीय चिन्तित बन्न थालेका छन् । बालबालिकालाई कुपोषणबाट मुक्त गर्न तिन वटै तहका सरकारले पोषण कार्यक्रम सञ्चालन गरिरहेको भएपनि त्यसले समस्या समाधान हुन सकेको छैन । कार्यक्रमहरु भइरहेका...

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनस्र्थापनाको काममा तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै बेपत्ता भएकाको खोजी, राहत र...

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७...

हेवा खोला बाढीपहिरो : बेपत्ता हुनेको संख्या २२ पुग्यो

सङ्खुवासभामा । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...