समाचार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार दिउँसो डिस्चार्ज भएका छन् । राष्ट्रपति पौडेलले गत असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपति...

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा २५५ सांसद सहभागी भएका थिए । तीमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत...

ललिता निवास प्रकरण : पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।...

असार २४ गतेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने

काठमाडौं । आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो । महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र...

तीन जना मृत अवस्थामा फेला

काठमाडौं । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार, देशको दाङ, धनकुटा र चितवन गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट तीन जना मृत अवस्थामा फेला परेका हुन् । दाङको तुलसीपुर उपमहागनरपालिका–३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका–४ बस्ने...

सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।...

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेको सर्खेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको...

नेप्से ३५.३७ अंकले घट्यो

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा ३५.३७ अंकको गिरावट आएको छ । मंगलबार ५० अंकमाथि उचालिएको शेयर बजारमा आज भारी अंकको गिरावट आएको हो । आज नेप्से ३५.३७ अंकले घट्दा २१५०.९९ को विन्दुमा कायम भएको छ । २८० सूचीकृत कम्पनीको १ करोड ३३ लाख...

बजेटको पास गर्न जसपाद्वारा ह्विप जारी

काठमाडौं । सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले दलका सम्पूर्ण सांसदहरुलाई २०८०–८१...

न्याय परिषद् बैठक स्थगित

काठमाडौं । कानूनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानूनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका हुन् । उच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक आह्वान गरिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधबारका...