समाचार

‘हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकै हो’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतनै भएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेश्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले यस्तो बताएका हुन् । मानिसहरुमा हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान फरक रहेको भ्रम छरिएको भन्दै उनले...

कीर्तिपुरबाट पक्राउ परे हेटौंडाका बम्जन

मकवानपुर । काठमाडौंको कीर्तिपुरमा तीन घरमा चोरीमा संलग्न हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १८ घर भएका २२ वर्षीय प्रताप बम्जन रहेका छन् । उनलाई प्रहरी वृत्त कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार विहान कीर्तिपुर नगरपालिका–८ पाँगा लाछीबाट पक्राउ गरेको हो ।...

मकवानपुरमा एक वृद्धा मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६, लच्का कत्लेखोलास्थित एक वृद्धा मृत अवस्थामा फेला परेका छन् । देश भारत, मोतिहारी ठाना थम्पापुर घर भएका ७० वर्षीया किस कुमारी मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, उनी लच्का कत्लेखोलास्थितमा डेरा गरी बस्दै आएकी थिइन् ।...

बागमती प्रदेश सरकारद्वारा सहायता सामग्री वितरण

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ७० जना अपाङगता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले ७० जना अपाङगता भएका व्यक्तिहरुलाई सामग्री वितरण गरेको हो । प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमबीच उनीहरुलाई उक्त सामग्री वितरण गरेकी हुन् । मन्त्रालयको १५ लाख...

हेटौंडाबाट लागूऔषधसहित दुई बालक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, रोयल पार्टी प्यालेस अगाडिबाट प्रहरीले लागूऔषधसहित दुई जना बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका–१, लोथर बस्ने १७ वर्षीय र सोही ठाउँ बस्ने १४ वर्षीय बालक रहेका छन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरमा कार्यरत प्रहरी कर्मचारी...

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । नागरिकको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, विकास योजनामा ढिलासुस्तीजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक...

मकवानपुरमा ११ जनाले प्राप्त गरे नयाँ प्रावधान अनुसार नागरिकता

मकवानपुर । मकवानपुरमा नयाँ प्रावधान अनुसार, ११ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार, मंगलबार र बुधबार २ दिनमा ४ महिला र ७ पुरुषले वंशजको अधारमा नागरिकता प्राप्त गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतको आदेशपछि जन्मका आधारमा नेपाली नागरिकता...

हेटौंडा अस्पताललाई ८८ लाख ६ हजारको सामग्री सहयोग

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग भएको छ । अस्पताललाई रोटरी क्लव अफ मकवानपुरले अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । मुटु सम्वन्धी स्वास्थ्य...

सिँचाइको ड्यामबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर बुधबार साँझ एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका...

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक...