समाचार

अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण

मकवानपुर । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मकवानपुरले अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एशोसियसन मकवानपुरका अध्यक्ष सानुराज शाह र केन्द्रिय महासचिव अर्जुन सापकोटालगायत एशोसिएसनको समूहले आज जिल्ला प्रहरी, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय तथा प्रतिनिधिसभा सांसद् द्वय दिपकबहादुर सिंह र महेश बर्तौलामार्फत् केन्द्रिय...

रास्वपाको चियापानमा दलका नेतालाई आमन्त्रण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा असार ७ मा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख,...

दुई महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन सुरु

मकवानपुर । कोइलाको अभावका कारण बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले बिहीबारबाट पुनः उत्पादन सुरु गरेको छ । करिब दुई महिनादेखि बन्द रहेको उद्योग कोइला आपूर्ति भएपछि पुनः आजबाट उत्पादन सुरु गरेको हो । यस्तै, सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्करको पनि उत्पादन सुरु गरिएको सो उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डे जानकारी...

चोरीको मोटरसाइकलसहित मकवानपुरका घलान पक्राउ

ललितपुर । ललितपुरको बागमती गाउँपालिकाबाट तीन वटा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ बस्ने गणेशमान घलान रहेका छन् । घलानलाई गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा चोरी भएको बागमती प्रदेश ०२–०३१ प २२८४ र बा.९५प ६०७० नम्बरको २२० सिसि र बागमती...

साइबर अपराध र बैंकिङ कसूरका मुद्दा अब सबै जिल्ला अदालतमा चल्ने

काठमाडौं । साइबर अपराध र बैंकिङ कसूरसम्बन्धी मुद्दा अब देशैभरका जिल्ला अदालतमा पनि चल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० (५) बमोजिमको मुद्दा र सोही ऐनको परिच्छेद ९ मा उल्लेख भएका कसूरहरुके सुरु कारबाही र किनारा जिल्ला अदालतबाट हुने निर्णय गरेको...

बिहीबार शेयर बजार घट्यो

काठमाडौं । शेयर बजार ओरालो लागेको छ। बुधबार २० प्रतिशत माथि घटेको शेयर बजार आज २०.३७ प्रतिशतले घटेको छ । २७१ सूचीकृत कम्पनीको ८३ लाख ५ हजार ४सय १६ कित्ता शेयर खरिदबिक्रि हुँदा आज ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज चार उपसूचक बाहेक...

सांसद बर्तौलाद्वारा विद्यालय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको...

जीप दुर्घटनामा परेर माझी र पौडेलको मृत्यु

बागलुङ । बागलुङमा आज बिहान जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय...

हवाई भाडा घटाउँदै प्राधिकरण

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागू हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । प्राधिकरणका प्रवक्ता...

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन दिन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई यही असार १२ गतेभित्र आवेदन दिन भनेको हो । आवेदन दिने संस्था...