अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १८:५५
file-photo

ललितपुर । ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ ।

अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ ।

उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ ।