तरुण दलको तदर्थ समितिमा मकवानपुरका ३ जना मनोनित

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १७:१९

मकवानपुर । नेपाल तरूण दल केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा मकवानपुरका तीन जना मनोनित भएका छन् । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको नेपाली कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनित गरेको हो ।

जसमा मकवानपुरका तीन जना मनोनित भएका हुन् । मकवानपुरबाट मनोनित हुनेमा नेता राजेश भेटवाल, सुनिल दाहाल र गोपी दाहाल रहेका छन् ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।