समाचार

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खुल्यो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान गएको पहिरो पन्छाई यातायात संचालनमा ल्याएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो जाँदा आज अपराह्नमा हटाई यातायात संचालनमा आएको मकवानपुरका प्रहरी...

लागूऔषधसहित मकवानपुरका एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपलिका –५, बम्कीङबाट बिहीबार विहान अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अफिम ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई पक्राउ गरेको जनाएको छ । दर्जीलाई प्रहरी चौकी...

हेटौंडामा बृक्षारोपण कार्यक्रम

मकवानपुर । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा बिहीबार हेटौंडामा बृक्षारोपण कार्यक्रम गरिएको छ । दिवसको अवसरमा हर्नामाडी सब–डिभिजन वन कार्यालय परिसरमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का, सचिव यज्ञनाथ दहाल, वन मन्त्रालय र मातहतका कार्यालयका कर्मचारी लगायतले सीता फल, अशोक, धुपि, गोल्महर, अम्बा,...

बस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं । बझाङबाट काठमाडौं जाँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घाइते हुनेमा २ जना महिला र ४ जना पुरुष...

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

काठमाडौं । दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो राष्ट्र बनेको छ । बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएसँगै दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो देश बनेको हो । नेपालमा समलिङ्गी विवाहलाई सर्वोच्च अदालतले पहिलो पटक कानूनी मान्यता दिएसँगै एसियामा...

एसईईको नतिजा अन्तिम चरणमा

काठमाडौं । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो ।...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र...

कर्णालीका नौ जिल्लामा शुक्रबार सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक विदा दिएको छ । विसं २०७९ चैत्र २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा उक्त जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए । उनका...

आज राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ः३१ बजे बस्ने भएको हो । सो बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक...

पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोका कारण...