कर्णालीका नौ जिल्लामा शुक्रबार सार्वजनिक विदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक विदा दिएको छ ।
विसं २०७९ चैत्र २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा उक्त जिल्लाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेअनुसार सूचना सार्वजनिक गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।
उनका अनुसार, शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक विदा हुनेछ । कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत्र १२ गते धान दिवस मनाउने गरी सार्वजनिक विदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।
