समाचार

‘एकताको शुत्रमा बाँधी राख्न इद पर्वबाट प्रेरणा मिलोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बकर इद पर्वले एकताको शुत्रमा बाँधी राख्न प्रेरणा मिलोस् भनि शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले विहीबार मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह) को अवसरमा शुभकामना सन्देश जारी गर्दै जातीय, धार्मिक एवम् सांस्कृतिक विविधताबीच हामीलाई...

ढकालले दिए बकर इदको शुभकामना

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । ढकालले रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा...

आजको मौसम : कतै वर्षा, कतै हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

आज देशभर सार्वजनिक विदा

मकवानपुर । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ । नेपाल राजपत्रमा मिति २०७९–१२–२ गते प्रकाशित सूचनाअनुसार आज असार १४ गते देशभर बिहीबार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद...

आज मुस्लिम धर्मावलम्बीले बकर इद मनाउँदै

मकवानपुर । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज...

बागमती प्रदेश सभाको बैठक असार १७ गतेसम्मका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही असार १७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख भुवनकुमार पाठकले असार १७ गते अपराह्न २ बजे बस्ने गरी आज अपराह्न बसेको प्रदेश सभा बैठक स्थगित गरेका हुन् । आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित (बजेट) माथि छलफल गर्न...

हेटौंडामा धादिङका बाँदर पीडित किसानको प्रदर्शन

मकवानपुर । धादिङ जिल्लाका बाँदर पीडित किसानहरूले बुधबार दिउँसो बागमती प्रदेश सभा सचिवालय हेटौंडाको कार्यालय अगाडि विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको गृह जिल्लासमेत रहेका धादिङका किसानहरूले बाँदर नियन्त्रण गर्न माग गर्दै प्रदेश सभा सचिवालय भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा धादिङको नीलकण्ठ...

बागमती प्रदेश सभा : विनियोजित बजेटमाथि संशोधन गर्न माग

मकवानपुर । बागमती प्रदेश सभाका सदस्य एवम् राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को विनियोजित बजेटमाथि संशोधन गर्न माग गरेका छन् । बुधबार अपराह्न बसेको प्रदेश सभामामा बोल्दै नेता थापाले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट लक्ष्य बिहीन एवम् जनताप्रति...

स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्न निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच विस्तार गर्न निर्देशन दिएका हुन् । उनले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति,...

समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । समलिंगी विवाह...