न्याय परिषद् बैठक स्थगित

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १५:२८
file-photo

काठमाडौं । कानूनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानूनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका हुन् ।

उच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक आह्वान गरिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधबारका लागि बैठक आह्वान गरिएको थियो ।

तर, बुधबारको बैठकमा कानून मन्त्री धनराज गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की र वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् ।

न्यायपरिषद्का दुई जना सदस्यहरु मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए ।