ललिता निवास प्रकरण : पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १६:५५

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।

ब्यूरोले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनलाई भने कागज गराएर रिहा गरिसकेको छ ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।