तीन जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० असार १३, बुधबार १६:१२

काठमाडौं । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार, देशको दाङ, धनकुटा र चितवन गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट तीन जना मृत अवस्थामा फेला परेका हुन् ।

दाङको तुलसीपुर उपमहागनरपालिका–३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका–४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पूर्ण राना मगर सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता चितवनको भरतपुर महानगरपालिका–२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको छन् ।

यी सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।