समाचार
पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका–२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो । यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका–१० आदर्श नगर बस्ने ५० वर्षीय प्रेम बहादुर...
स्थापना दिवसको अवसरमा आश्रमलाई खाद्यान्न सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित ओम वृद्धाश्रामलाई खाद्यान्न सहयोग भएको छ । बागमती प्रदेश युवा परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार एक कार्यक्रमबीच आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । आश्रमलाई दुई बोरा चामल, १० केजी दाल, १ काटुन तेल, १० केजी नुन सहयोग गरेको परिषद्का...
हेटौंडाबाट अबैध कपडासहित ४ जना प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले अवैध कपडा र सामानसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार एकैदिन ३ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा र सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले शुक्रबार काँकडभिट्टाबाट...
करेन्ट लागेर २ जनाको मृत्यु
रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा शनिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अरुण शाह र सितावी पण्डित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शाहले...
कांग्रेसले देउवा फर्केपछि मात्रै बालकृष्ण खाँणबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि मात्रै गर्ने भएको छ । सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते स्वदेश फर्किएपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए...
‘मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँछौँ, सार्वजनिक रुपमै बहिस्कार गर्छौँ’
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कालो झण्डा देखाउने बताएका छन् । शनिबार पत्रकार सम्मेलनमार्फत् उनीहरुले मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने र प्रदेशका मन्त्रीहरुलाई बहिस्कार गर्ने बताए । शुक्रवार सार्वजनिक भएको बागमती प्रदेशको बजेटमा प्रदेशको राजधानी रहेको हेटौंडाको विकास निर्माणको लागि कुनै...
हेटौंडामा दुरसञ्चार सेवाको अवस्थाबारे अन्तरक्रिया
मकवानपुर । नेपाल दुसञ्चार प्राधिकरणको आयोजनामा शनिबार हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानून र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच अन्तरक्रिया भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री...
हेटौंडा उपमहानगरको बजेट ११ करोड घट्यो
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब ११ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शनिवार १३ औँ नगरसभामा बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेटको आकार घटाएर सार्वजनिक गरेको हो । उपमहानगरले...
राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फेरी अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल स्वास्थ्य समस्या आएपछि पुनः अस्पतालमा भर्ना भएका हुन् । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । थप उपचारका लागि बिहान ५ बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो...
२ जना मेडिकल संचालक पक्राउ
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट अनाधिकृत रुपमा मेडिकल संचालन गरेको आरोपमा प्रहरीले दुई जना परेका छन् । अनाधिकृत रुपमा मेडिकल पसल संचालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय...









