समाचार

राक्सिराङका ३० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

मकवानपुर । अस्मिता नेपालले मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत् ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार बाल विवाह न्यूनीकरणलाई सहयोग पुग्ने उद्देश्यले वडा २, ३ र ५ नम्बर वडाभित्रका विद्यालयमा अध्ययनरत् विपन्न, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका अस्मिता नेपालकी कार्यक्रम संयोजक शान्ति कार्कीले जानकारी...

औषधी संघ मकवानपुरको दुई उपसमिति गठन

मकवानपुर । मकवानपुर औषधी व्यवसायी संघले दुई वटा उपसमिति गठन गरेको छ । संघको शुक्रबार बसेको बैठकले खुद्रातर्फ अनिष सुवेदी र बजार अनुगमनतर्फ संघर्ष गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । संघका अध्यक्ष नारायणलाल श्रेष्ठका अनुसार, खुद्रा समितिमा सुशान्त लामा, बलराम शाह, आशिष नेपाल, मिलन लामा, सञ्जीव आले मगर...

मकवानपुरका प्रजिअ पाण्डेको सरुवा

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ । पाण्डे जिल्ला प्रशासन कार्यालय सिराहामा सरुवा भएका हुन् । उनको सरुवा भएसँगै मकवानपुरमा सूर्यप्रसाद सेढाई  आउने भएका छन् । सेढाई यसअघि जिल्ला प्रशासन कार्यालय खोटाङमा कार्यरत थिए । पाण्डेले विं.सं.२०७९ असारमा मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार...

शणनार्थी प्रकरण : १६ जना पुर्पक्षका लागि जेल चलान, दुई धरौटीमा रिहा

काठमाडौं । जिल्ला अदातल काठमाडौंले नेपालीलाई नक्कली भुटानी शणनार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि जेल चलान र २ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु हाल कसूरदार होइनन् भन्न सकिने अवस्था...

दुर्घटनामा परेर पूर्व नगरप्रमुखको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा सवारी दुर्घटनामा परेर पूर्व नगरप्रमुखको ज्यान गएको छ । जिल्लाको चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको गएराति भएको दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार, बा १५ च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा ६० वर्षीय गिरी गम्भीर घाइते भएका...

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै,...

हेटौंडाको नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिने भएको छ । उपमहानगरपालिकाको १३ औं अधिवेशनमा आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने भएको उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । असार १० गतेसम्म सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट...

बागमती प्रदेश सभाको अर्को बैठक असार १२ गते बस्ने

मकवानपुर । बागमती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा  गर्दै सो बारे जानकारी गराएको हो । बागमती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो । प्रदेश सभाको आज अपराह्न बसेको...

सशस्त्र प्रहरीका निरीक्षकसहित तीन जना निलम्बित

काठमाडौं । झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बाँस्तोलालाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । निरीक्षक राईलाई गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी...

गण्डकी सरकारको बजेट ३१ अर्ब ४२ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गरेका हुन् । कुल बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १३ करोड ६७ लाख...