राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

तु खबर संवाददाता
२०८० असार १०, आईतवार १०:२२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको संगठन सुदृढ र चलायमान बनाउने, केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ ।