समाचार
कांग्रेस केन्द्रीय प्रचार विभागमा मकवानपुरका चेपाङ
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग सदस्यमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । मीनबहादुर विश्वकर्माले विभागको सदस्यमा चेपाङ मनोनित गरेका हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले जेष्ठ ३० गते मनोनित गरेको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बागमती प्रदेशका...
लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक क्रियान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, लिचीको दाना घाँटीमा अड्किएपछि यनलाई राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा मृत्यु भएको हो ।
कांग्रेसको प्रचार विभागमा ३९ जना थपिए
काठमाडौं । नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रसार विभागलाई विस्तार गरेको छ । केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा रहेको विभागमा थप ३९ जना थपिएको छ । विभागमा प्रमुखसहित बढीमा ५० जना हुने व्यवस्था छ । बिहीबार गरिएको विस्तार अनुसार दिपकप्रसाद कुईकेल, गोपाल झा, कृष्णप्रसाद वस्याल, तिलक राई, गोविन्द परियार,चन्द्रेश्वर...
ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु
काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको बीबीसीले जनाएको छ । उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु...
जसपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारी गर्न यही असार ९ गते बिहान १० बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल...
आज यी छ प्रदेशमा बजेट सार्वजनिक हुने
काठमाडौं । आज कोशी प्रदेशबाहेक देशका ६ वटा प्रदेश सरकारमा आर्थिक वर्ष ०८०–०८१ को बजेट आज सार्वजनिक हुने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो जेष्ठ ३२ गते नै अध्यादेशमार्फत बजेट ल्याइएको...
प्रतिनिधि सभामा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक...
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको...
आजदेखि तीन महिना सडक खन्न रोक
काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदी प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ । सडक पनि थप बिग्रिदै जाने भएकोले...
बागमती सरकारले आज बजेट सावर्जनिक गर्दै
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि आज शुक्रबार बजेट सार्वजनिक गर्ने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो । शुक्रबार अपराह्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेट प्रस्तुत...










